ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका दुई वटा बस्ती प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
जेठ ७ गते बिहानदेखि १५ गते रातिसम्मका लागि ओलाङचुङगोला र याङमा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । वडा कार्यालयको आयोजनामा बिहीबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बुद्धिजीवी समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको छेतेन बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा जारी गरेका कारण वडा कार्यालयले छुट्टै निर्णय गरेको हो । सदरमुकाम क्षेत्रमा भने तीन सातादेखि निषेधाज्ञा रहेको छ । कान्तिपुरबाट