बिर्तामोड । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद सिगुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विगत १६ दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको थियो । भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला शिगुको आज बिहान ८ बजे मृत्यु भएको उनका दाइ सर्ण सिगुले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका सिगुका एक छोरा र छोरी छन् ।