झापा । अर्जुनधाराकी एक महिलाको कोरोना संक्रमणका कारण आज दिउँसो मृत्यु भएको छ ।

अर्जुनधारा ९ की ५४ वर्षीया अधिकारी थरकी महिलाको उपचारका क्रममा दिउँसो १२ बजे बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो ।

उपचारका लागि हस्पिटल गएकी ती महिलाको हस्पिटलमै एन्टिजेन रिपोर्ट पोजेटिभ आएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।

कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।