झापा । अर्जुनधाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अर्जुनधारा ३ की ५३ वर्षीया लिम्बू थरकी महिलाको उपचारका क्रममा हिजो मध्यरातमा मेची कोभिड अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई एक साताअघि संक्रमण पुष्टि भएको थियो ।

अर्जुनधाराका नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार मृतकको खुदुनाबारीस्थित सुखानी खोलामा नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्नेछ ।

यो सँगै कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।