गौरादह । कोरोना संक्रमणका कारण एकैदिन दुई दाजुभाइको मृत्यु भएको छ ।

साविक जुरोपानी ८ र हाल गौरादह ७ घर भई भारतको लखनउ र काठमाडौंमा बस्दै आएका स्व अशोक राईका छोराहरू जेठो करीब ५५ वर्षिय लक्ष्मी राई र माइला ५० वर्षिय भाइराजा राईको एकैदिन कोरोनाबाट मृत्यु भएको हो ।

भारतीय सैनिकको जागिरबाट सेवा निवृत भई जेठो लक्ष्मी सपरिवार लखनउमा बस्दै आएका थिए । उनको बिहान आज बिहान निधन भएको हो भने काठमाडौंमा अधिवक्ता रहेका भाइराजाको आज दिउँसो निधन भएको संविधानसभा सदस्य दीपक कार्कीले जानकारी दिएका छन् ।

लक्ष्मीकी श्रीमतीको स्वास्थ्य अबस्था पनि गंभीर रहेको उनले बताए ।