अर्जुनधारा । संघीय सरकारको आर्थिक बर्ष २०७८/७९ को बजेट भाषणले अर्जुनधारा नगरका विभिन्न बाटाहरु कालोपत्रे तथा मर्मत सम्भार हुने भएका छन् ।
विनियोजित बजेटबाट नगरपालिकाका ४ वटा बाटोहरु कालोपत्रे हुने भएका हुन् । ग्रामीण सडक निर्माणका लागि ७ करोड रुपैयाँ विनियोजन भएको छ ।
जसमा बुट्टाबारी चोकदेखि सालबारी स्कुलहुँदै कालिस्थान जोड्ने सडक निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, मंगलमणि मार्गहुँदै धाइजन जाने बाटो जोड्नका लागि पनि ३ करोड बजेट विनियोजन भएको छ ।
त्यस्तै बिर्तामोड बसपार्क, चाम्लिङटोल, सुवासचोकहुँदै सहरेडाँगी र मिलडाँडा दक्षिण देउनिया टोल, जुनकिरी स्कुलहुँदै लाहुरेटोलका लागि ५० लाखका दरले स्तर उन्नती तथा कालोपत्र गर्नका लागि सरकारले बजेट विनियोजन गरेको छ ।
बजेट भाषणले ती बाटोहरुका लागि बजेट छुट्याएपछि उक्त क्षेत्रमा स्थानीय हर्सित भएका छन् ।