झापा । कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकामा दैनिक एक जनाको निधन हुने गरेको छ । पछिल्लोपल्ट अर्जुनधारा ५ की एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

अर्जुनधारा ५ की ४२ वर्षीया परियार थरकी महिलाको उपचारको क्रममा हिजो बेलुका ७ः३० बजेतिर बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको नेपाली सेनाले कनकाई माइमा अन्त्येष्टि गर्ने तयारी भइरहेको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।

यसअघि हिजै अर्जुनधारा ३ की लिम्बू थरकी महिलाको मृत्यु भएको थियो भने एक दिनअघि अर्जुनधारा ९ की अधिकारी थरकी महिलाको पनि कोरोना संक्रमणबाट निधन भएको थियो ।

यो सँगै अर्जुनधारामा कोरानाको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।