अर्जुनधारा । झापाली समाज दक्षिण कोरियाबाट अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री उपलब्ध भएको छ ।

कोरोना महामारीमा थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले कोरियाबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्रीमा एक हजार ३५० पिस सर्जिकल मास्क, आठ थान पीपीई सेट, ५० थान फेस सिल र पाँच थान सेनिटाइजर रहेका छन् ।

अर्जुनधाराका सामाजिक अभियन्ता कमल पोख्रेलले उक्त स्वास्थ्य सामग्री अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतलाई हस्तान्तरण गरे । फोकल पर्सन बस्नेतले झापाली समाज दक्षिण कोरियाले महामारीको समयमा सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।