मोरङ । मोरङ प्रहरीले ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ ।

प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार आइतबार राति साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिलीग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिलीग्रामको २७७ काटुन र विभिन्न ब्रान्डको खुल्ला मदिरा १ हजार ९०० बोतल बरामद गरेको हो ।