झापा । झापा गौरादह ७ की सुष्मा राजवंशीले कोरोनाको महामारीबाट उपचार गरेर आफ्ना पतिलाई त बचाइन् तर, अस्पतालबाट घर लैजान सकेकी छैनन् ।

कोरोनाको मुखबाट आफ्नो पतिलाई बचाउँन पाउँदा एकातिर उनी खुशी छिन् तर अर्कोतिर अस्पतालको पैसा कसरी तिरेर विरामीलाई घर लैजाने भन्ने चिन्ताले उनी पिरोलिएकी छन् ।

उनका श्रीमान ४२ वर्षिय नारायणचन्द्र राजवंशीलाई १२ दिनअघि कोरोना संक्रमण देखिएको थियो । अबस्था गंभीर बनेपछि उनलाई बिर्तामोडको बिएण्डसी हस्पिटलमा ल्याएर भर्ना गरियो । आइसियूमा राखेर उनलाई उपचार गरियो । उनको अबस्था सामान्य बन्दै गएको छ ।

सामान्य पेशा व्यवसाय गर्ने राजवंशी परिवारले अस्पतालमा २ लाख रुपैयाँ डिपोजिट गरेका छन् । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् । ‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले समस्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु टेन्सन भएको छ ।’

उनले त्यसका लागि सबैसँग आर्थिक सहयोगको आव्हान गरेकी छन् । सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।