झापा । झापाको बाह्रदशी गाउँपालिकामा कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएको ६ दिनपछि श्रीमानको पनि मृत्यु भएको छ ।

बाह्रदशी २ निवासी ६० वर्षीया मनसरी राजवंशीको गत शनिबार बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको ६ दिनपछि उनका श्रीमान डिल्लीचन्द राजवंशीको आज बिहान मृत्यु भएको हो ।

क्यान्सर रोगबाट ग्रसित ७० वर्षीय डिल्लीचन्दलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर, हिजो परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । बिएण्डसी हस्पिटलमा उपचाररत डिल्लीचन्दलाई हस्पिटलबाट घरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

मृतकका एक छोरी र तीन छोरा रहेका छन् । नेपाली कांग्रेस साविक राजगढका पूर्व सभापति डिल्लीचन्द र उनकी श्रीमतीको निधनले बाह्रदशी शोकाकुल बनेको छ ।