धनकुटा । नगरसभा चलिरहँदा धनकुटाको पाख्रिबास नगरपालिकामा तोडफोड भएको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौला र नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीको अगुवाइमा तोडफोड भएको नगर प्रमुख बिर्खबहादुर राईले जानकारी दिए ।
तोडफोडबाट नगरपालिका भवनको झ्यालका अधिकांस सीसा फुटेको, ५५ वटा कुर्सी तोडफोड र कार्यालयका गमला फुटाइएको मेयर भण्डारीले जानकारी दिए ।
‘दुःखद घटना भएको छ, हामीमाथि आक्रमणको प्रयास गरियो,’ उनले भने, ‘तर हामीले कुनै प्रतिवाद गरेनौं । घटनाबाट कम्तिमा पाँच लाखको क्षति पुगेको छ ।’
वडा भेला नगरी आफूखुसी नगरसभा गरिएकोले आफूहरु विरोधमा उत्रनु परेको उक्त समूहको भनाइ छ । वडाध्यक्ष निरौला, कांग्रेस नगरसभापति भण्डारीसहित जनता समाजवादीका जितेन्द्र माम्पाङ, माओवादी केन्द्रका बलराम खड्का लगायतको समूह तोडफोडमा सामेल रहेको नगरपालिकाको दाबी छ । उनीहरुले नगरसभा स्थगित गरिनु पर्ने मागसहित प्रदर्शन गरेका थिए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।