अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संंस्कृति प्रवद्र्धन समितिले साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नगरमा गठित उक्त समितिले पहिलो पटक ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८’ बाट झापाका अगुवा साहित्यकार ओलीलाई सम्मान गर्न लागेको हो ।

समितिले असार २५ गते एक कार्यक्रममार्फत नगद ५१ हजार राशिसहित ताम्रपत्रबाट पुरस्कृत गर्न लागेको हो । साहित्यको क्षेत्रमा राष्ट्रिय नेतृत्व प्रदान गर्ने गरी साहित्यकारहरु जन्माउन सफल अर्जुनधारा नगरपालिकाले साहित्यको क्षेत्रमा गरेको यो नै सबैभन्दा ठूलो कार्य रहेको छ ।

लेखनको माध्यमबाट समाजलाई सचेत र जागरुक बनाउन उल्लेखीय भूमिका खेलेको भन्दै उनलाई सम्मान गर्न लागिएको प्रर्वद्धन समितिकी संयोजक सुशिला सुवेदीले बताइन् ।

लामो सयम शिक्षण पेसामा रही निवृत्त अर्जुनधारा ८ निवासी साहित्यकार ओली आधा शताब्दिभन्दा बढीबाट साहित्य क्षेत्रमा क्रियाशील छन् ।