खुदुनाबारी । जंगली हात्तीले बिहीबार बिहानको राति अर्जुनधारा २ झेलेनीस्थित एक घरको भान्सा घर भत्काएको छ ।

१४ वटाको समूहमा आएको जंगली हात्तीले स्थानीय भीमा गौतमको भान्सा घर भत्काएको हो । हात्तीले भान्सा घरमा रहेको ३ मन चामल खाएको थियो । घरधनी गौतम एकल महिला हुन् ।

चामल भान्सा घरमा हुनु र घर छुट्टै भएका कारण अर्को घरमा आक्रमण नहुँदा मानवीय क्षति भएन । तर, टाटीको बेरा भएको भान्सा घरमा पूर्णरुपले क्षति पुगेको छ ।

भान्सा घर भत्काएपछि हात्तीको बथान १ नम्बर वडाहुँदै भिमले जंगलतर्फ लागेको स्थानीय बासिन्दाले जानकारी दिए ।