दमक । झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गएराति एक दम्पतीको मृत्यु भएको छ ।
गएराति १०ः१२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०३–०१३प ४७८७ नं को मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ८७३० नं को ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सुरुङ्गाको हेवन होटलका संचालक हुन् ।
घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि ठक्कर दिने ट्रक, ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षिय सुजन थापा र मोटरसाइकललाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।