अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगरका कर्मचारीलाई कोभिड भएसंगै अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
आज साउन १३ गतेबाट खोप कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा अनुगमनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले पनि यस नगर कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवाहरु र वडा कार्यालयहरुबाट उपलब्ध हुने अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको जनाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलगाईद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध हुने आकस्मिक तथा प्रसुति सेवाबाहेकका अन्य सेवाहरु पनि बन्द गरिएको उल्लेख छ ।