झापा । बढ्दो कोरोना संक्रमणको रोकथामका लागि पर्सि शनिबारदेखि पूरै झापा जिल्ला सिल (निषेधाज्ञा) गरिने भएको छ । यसपटककाे निषेधाज्ञा पहिलेकाे भन्दा कडा हुने बताइएकाे छ ।

डिसीसीएमसी र जिल्लाका पालिकाका प्रमुखहरुको आज बसेको संयुक्त बैठकले पर्सी शनिबारदेखि एक सातासम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोना संक्रमण उच्च रहेको झापाका १० पालिका सिल गरिसकिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधाराको एउटा वडा र बिर्तामोड नगरपालिकाकोभिडको संक्रमण फैलिन नदिन सिल गरिएको हो ।

१५ पालिकामध्ये बाँकी भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबल पनि सिल गर्ने निर्णय भएको जनाइएको छ ।

बैठक चलिरहेकाले निर्णयबारे पूर्ण जानकारी केही समयपछि दिइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।