अर्जुनधारा । सरकारले पछिल्लोपटक उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसिल खोप अर्जुनधारा नगरपालिकाका ३ हजार ९९३ जनाले लगाएका छन् । खोप लगाइएको बारे आज बसेको सीसीएमसी अर्जुनधाराको बैठकमा स्वास्थ्य शाखाले विवरण प्रस्तुत गरेको थियो ।

नगर स्वास्थ्य शाखाका अनुसार ५५ वर्ष उमेरभन्दा माथिका नागरिकका लागि आएको खोप पहिलो चरणमा ३ हजार ९९३ जनाले लगाएका हुन् । जसमा १ हजार ९७३ जना ५५ वर्ष उमेरभन्दा माथिका महिला रहेका छन् ।

स्वास्थ्य शाखा प्रमुख केशव रिजालका अनुसार वडा नम्बर १ मा ४४० जना, २ र ३ नम्बरमा ५५६ जना, ४ नम्बरमा ५१८ जना, ५ नम्बरमा ३०० जना, ६ नम्बरमा ४०० जना, ९ नम्बरमा एक हजार ६० जनाले खोप लगाए ।

यस्तै, १० नम्बर वडामा ३७० र ११ नम्बरमा ३४९ जनाले खोप लगाए भने ७ र ८ नम्बर वडाका नागरिककले ४ नम्बरको स्वास्थ्य चौकी र ९ नम्बरको शनिश्चरे अस्पतालमा पायकअनुसार खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रिजालले जानकारी दिए । उनका अनुसार अन्य समूह र अन्य वडाका नागरिकले पनि अस्पतालबाट खोपको सेवा लिएका थिए ।

अर्जुनधारामा यसपटक चार हजार डोज खोप उपलब्ध भएको थियो भने ७ वटा खोप विविध कारणले ड्यामेज भएको जनाइएको छ । यसपटक अर्जुनधाराका ८ स्थानमा खोप केन्द्र स्थापना गरी नगरबासीलाई सुविधा दिइएको थियो ।