बिर्तामाड । निषेधाज्ञाको अवज्ञा गर्दै पसल संचालन गर्ने बिर्तामोडका एक दर्जनबढी व्यापारी कार्वाहीमा परेका छन् ।

मंगलबार बिहान ८ बजे ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले स्थानीय बजार गस्ती गर्दै जानेक्रममा पसल खोल्ने ती व्यापारीहरु कार्वाहीमा परेका हुन् ।

कोरोना महामारीको समयमा पसल खोली स्थानीय प्रशासनबाट जारी गरिएको निषेधाज्ञा सम्बन्धी नियम कानुनलाई बेवास्ता गरी पसल खोलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय झापा पठाई जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्वाही पर्नेमा बिर्तामोड ४ बस्ने बर्ष ४५ का फडिन्द्र शिवाकोटी दूध डेरी पसल खोलेको (जरिवाना रु १०००), सोही ठाउँका बर्ष २७ का दिनेश थपलिया दूध डेरी पसल खोलेको (जरिवाना रु ५००), बर्ष ४८ का ज्ञानी पासवान ठेलामा फलफूल बेच्दै हिडेको (जरिवाना रु ५००), बर्ष २८ का अनिल पासवान ठेलामा फलफूल बेच्दै हिँडेको (जरिवाना रु ५००), बर्ष ४३ का धर्मेन्द्र साह ठेलामा फलफूल बेच्दै हिँडेको (जरिवाना रु ५००) रहेका छन् ।

यसैगरी, अर्जुनधारा ६ स्थित डेरा गरी बस्ने बर्ष २० का राम प्रबेश मुखिया ठेलामा सागसब्जी वेच्दै हिँडेको (जरिवाना रु ५००), बिर्तामोड ५ बस्ने बर्ष ३५ का शिव खतिवडा हनुमान कम्पलेक्सभित्र मोबाईल पसल खोलेको (जरिवाना रु १०००), वडा नं ४ बस्ने बर्ष ५० की शुशिला भट्टराई, हनुमान कम्पलेक्सभित्र ब्याग पसल खोलेको (जरिवाना रु १०००), वडा नं ३ बस्ने बर्ष ३२ की रोजिना भट्टराई दूध डेरीको पसल खोलेको (जरिवाना रु १०००), बर्ष ४१ का भवनाथ साह सागसब्जी बेच्दै हिँडेको (जरिवाना रु ५००) गरिएको छ ।