सांकेतिक तस्वीर ।

बिर्तामोड । झापा कचनकवल १ निलडाँडा बस्ने ४८ वर्षिय दिलबहादुर तामाङको स्थानीय पैनीमा डुबेर मृत्यु भएको छ ।

गत साउन १७ गते राति घरबाट हिँडेका तामाङलाई खोजी गर्ने क्रममा आइतबार बिहान ८ः२० बजे पैनीमा उनको शव फेला परेको थियो ।

तामाङ आफ्नै घरबाट कोही कसैलाई नसोधी घरबाट हिँडी बेपता भएका थिए । उनको बारेमा साउन १८ गते आफन्तले प्रहरी चौकी घेराबारीमा जानकारी गराएका थिए ।

उनी गाउँघरमा मादक पदार्थ सेवन गरी हिँड्ने गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापबाट टोली खटिगई कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि ल्याइएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।