झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित भद्रपुरबाट एक जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो ३ बजे भद्रपुर ८ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले एक युवालाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा भद्रपुर ८ बस्ने २२ वर्षिय सुमन तामाङ छन् । उनलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनको साथबाट १५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।