सुनसरी । सुनसरीको कोसी गाउँपालिका ८ कोसी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमान नगर कंकालनी ७ का २१ वर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय अवधेष कुमार मण्डल र २५ वर्षीय रोशन मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध डाईलेक्स डीसी ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतीय नगद २० हजारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाउपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।