झापा । अर्जुनधारा नगरपालिका निवासी प्रदिप बस्नेत लाूुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट ब्राउन सुगरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ वर्षीय प्रदिप बस्नेत रहेका छन् ।
आज (शनिबार) दिउँँसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।