झापा । झापाको मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो (टेम्पु)को ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् । पूर्वतर्फ आउँदै गरेको मे. १ ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दाका ३२ वर्षीय सुरेन्द्र राजबंशीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।