झापा । नाबालिका छोरीको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार गरेको अभियोगमा झापामा एक महिला पक्राउ परेकी छन् ।
झापा मेचीनगर नगरपालिका ६ मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित ती महिला पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ वर्षीया सरिता विक रहेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हिजो (सोमबार) दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा विकले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारेको थियो ।
पक्राउ परेकी विकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।