बिर्तामोड । मोरङको बिराटनगर महानगरपालिका ३ स्थित कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् । आइतवार राति साडे ९ बजे एटिएम मेसिन तोडफोड भइरहेको भन्ने सूचना पाएपछि खटिएको जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभी पोष्ट भट्टाचोकको प्रहरी टोलीले तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको छ ।