फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका ३ ताङ्लेपामा आगलागी भएको छ । आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् ।
मंगलबार राति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका हुन् । घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।
इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको बिस्तृत विबरण आउन बाँकी छ ।