झापा । सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

मंगलबार दिउँसो ३ बजे कचनकवल वडा नं ६ दलेगाउँ सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापामातहतको बिओपी पाठामारीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको चेक प्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा कचनकवल वडा नं ७ का २४ वर्षीय बिनोद बस्नेत र सोही ठाउँका १८ वर्षीय निखिल रेग्मी रहेका छन् । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट अन्दाजी साडे ५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी पाठामारीमा बुझाएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जनाएका छन् ।