झापा । इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले भारतीय एक नागरिकलाई आज (बिहीवार) ११ बजे १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा चौकमा भारतीय नम्बर प्लेटको डब्ल्यूबी ६४ यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत पश्चिम वंगाल दार्जिलिङ घर भएका ३५ वर्षीय अनिल गोपे नामका व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए ।

 

प्रहरी नायव निरीक्षक जिम्बाको नेतृत्वमा रहेको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

 

पक्राउ गरिएका उनलाई थप आवश्यक कार्वाहीका लागि म्याद थपका लागि जिल्ला अदातलमा पठाइएको प्रहरी नायव निरीक्षक जिम्बाले बताए । उनी सवार मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।