अर्जुनधारा । स्वस्थ समाज निर्माण गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले झापाको अर्जुनधारा १ मा बुधबार वडास्तरीय आरोग्य समूह गठन भएको छ ।
अर्जुनधारा नगरपालिका अन्तर्गत शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा आयोजित नागरिक आरोग्य कार्यक्रमबाट वडाध्यक्ष गजाधर खतिवडाको संयोजकत्वमा १५ सदस्यीय समूह गठन भएको हो ।
नवगठित समूहका सदस्यहरुमा कल्पना खनाल, खोमाकुमारी गौतम, गीता कोइराला, चित्राखर खतिवडा, तारा आचार्य, नरेन्द्र गौतम, फाल्गुनी आचार्य, भद्रीका विक, रञ्जना चेम्जोङ, वसन्तीदेवी राई, वीजेन्द्रकुमार एक्तेन, शान्ता आचार्य, सन्त तामाङ र सुशिला भट्टराई रहेका छन् ।
कार्यक्रममा शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरसँगै चकचकी आयुर्वेद औषधालयका प्रमुख कविराज निरिक्षक जटाशंकर झाले कार्यक्रमको विषयमा सहजिकरण गरेका थिए ।
वडाध्यक्ष खतिवडाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख ठाकुरले गरेका थिए ।