झापा । झापाको कमल गाउँपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवशताक्षी ८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन् । हिजो (बिहीबार) अपराह्न सवा ३ बजे पूर्वतर्फ जाँदै गरेको मे. १ च ११६७ नम्वरको बोलेरोले बिपरीत दिशातर्फ आउँदै गरेको मे. ६ प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफलाईन अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बोलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।