धरान । सुनसरीको धरान उपमहानगर पालिका १६ बाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धरान १६ का २४ वर्षीय प्रविण भुजेल रहेका छन् । हिजो (बिहीबार) साँझ साढे ५ बजे संघीय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सूचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

 

प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।