बिर्तामोड । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले एकजना पत्रकारसहित तीन जनालाई सम्मान गरेको छ ।

 

कम्पनीको विर्तामोड शाखाले स्थापनाको चौथों वार्षिकोत्सवको अवसर पारेर विर्तामोडस्थित कार्यालयमै शुक्रबार एक कार्यक्रम आयोजना गरी विगत डेढ दशकदेखि झापालाई कर्मथलो बनाई पत्रकारिता गरिरहेका एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता एंवम साझा अनलाइन खबरका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको हो ।

 

नेपाल विमा क्षेत्रको प्रबद्र्धन र विकास एवं नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको ठहर गर्दै न्यौपानेलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा पत्रकार न्यौपानेसहित अन्वेशककर्ता तथा अभियानकर्मी सन्तोष घिमिरे तथा समाजसेवी गोमा अधिकारी खतिवडालाई सम्मान गरिएको छ ।

 

कम्पनीका प्रदेश नम्बर १ का प्रमुख व्यवसाय अधिकृत विमलकुमार वाग्ले, एरिया ब्रान्च मेनेजर उत्तम कोइरालालगायतले उनीहरुलाई दोसल्ला र ढाका टोपी पहिराएर सम्मानपत्र प्रदान गरेका थिए ।

 

ब्रान्च मेनेजर उत्तम कोइरालाले संस्थाको वार्षिक गतिविधि तथा प्रगति प्रस्तुत गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वाग्ले, सम्मानित ब्यक्ति न्यौपाने तथा घिमिरे, सिनियर एजेन्सी म्यानेजर इश्वरीप्रसाद बराल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

 

कम्पनीकी शाखा प्रमुख जमुना कटुवालले सञ्चालन गरेको कार्यक्रमका बीच सहभागीहरुलाई केक काटेर खुवाई वार्षिकोत्सव मनाइएको थियो ।

 

साविक मेची अञ्चलका पाँचथर, इलाम, झापा कार्यक्षेत्र रहेको विर्तामोड शाखाले चार वर्षको छोटो अवधिमै ३५ सय हाराहारी ग्राहक (विमित) बनाइसकेको एरिया म्यानेजर कोइरालाले जानकारी दिए ।