झापा। झापा बुद्धशान्ति गाउँपालिकामा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युवा रहेका छन् ।

 

झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित पुलचोकको हडियापुलमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफैँ अनियन्त्रित भई ट्रकमा ठोक्किँदा बुद्धशान्ति गाउँपालिका ४ का अन्जन फागो घाइते भएका थिए ।

 

मोटरसाईकल चालक २५ वर्षीय फागोको उपचारको क्रममा झापाको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।