बिर्तामोड । झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट लागूऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ७ सुकुम्बासी टोलका ५४ वर्षीय अमृत खड्का रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

 

प्रहरीले खडकाको साथबाट १४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।