झापा । झापाको झापा गाउँपालिका ४ स्थित सुकुम्बासी बस्तीमा एक व्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान सवा ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ वर्षीय मोहन मडी नालीको पानीमा डुबेको अवस्थामा स्थानीयले भेटेका थिए ।

 

पानीमा डुबेर मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।