बिर्तामोड । प्रतिबन्धित लागूऔषध गाँजासहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर ४ का ५६ वर्षीय डमरु दास रहेका छन् ।
शुक्रबार दिउँसो ३ः३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई आफ्नै घरमा २ केजी ३०० ग्राम गाँजा र नगद २२ हजारसहित पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।