झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० बाट टिक जातको गोलिया काठ १० थान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी माईधारको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाको टोलीले १० थान गोलिया काठ बरामद गरेको हो ।
शिवसताक्षी १० का बिरु मगरको घरबाट टिक जातको गोलिया १० थान (५८.०७ क्यूफिट) लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद भएको काठ आवश्यक कार्वाहीको लागि रतुवामाई वृक्षारोपण कार्यालय केर्खा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।