बिर्तामोड । बिर्तामोड-भद्रपुर सडकखण्डअन्तर्गतको धौला पुलबाट झरेर एक मोटरसाइकल चालक गंभीर घाइते भएका छन् । हिजो साँझ ७ः५० बजे बिर्तामोड ३ स्थित धौला पुलमा भद्रपुरबाट बिर्तामोडतर्फ आइरहेको मे १० प ९२९९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई खोलामा झरी दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका ५ इरौंटार बस्ने अन्दाजी वर्ष २२ का विकास लिम्बू गम्भीर घाइते भएका छन् ।
उनको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र तत्काल बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी बिर्ताबजारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।