झापा (एजेन्सी) । पोल्याण्डमा एक झापाली युवकको मृत्यु भएको छ । झापा बाह्रदशी ३ राजगढ भइ वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।

 

पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के ? कारणले मृत्यु भएको भन्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले खुलाएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तयारी भइरहेको जनाएको छ।

 

\उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने एनआरएनए पोल्यान्डले जनाएको छ ।

राजवंशीको निधनको खबरले हामीलाई दुखित तुल्याएको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ एनआरएनएले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।