मोरङ । मोरङको रंगेली नगरपालिका ७ बाट प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ४ का २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश दास रहेका छन् । उनीहरुलाई हिजो (बुधबार) बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को. ३१ प ४४१४ नम्वरको मोटरसाइकलमा सवार व्यक्तिलाई शंका लागि चेकजाँच गरेको थियो ।

 

चेकजाँचका क्रममा पछाडि सवार रहेका अमितकुमार दासको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

प्रतिबन्धित लागुऔषध बरामद भएसंगै दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।