बिर्तामोड । झापाको बिर्तामोडस्थित कृष्ण हल नजिक घरको चार तला माथिबाट खसेर आज साँझ एकजना महिलाको मृत्यु भएको छ ।

 

घरको चार तला माथिबाट खसेर ६२ वर्षीया मधु शर्माको मृत्यु भएको प्रहरीले जनाएको हो । चार तला माथिबाट खसे लगत्तै उनलाई उपचारका लागि उनलाई बिर्ता सिटी अस्पताल लगिएको थियो ।

 

तरकारी टिप्ने क्रममा ती महिला चारतला माथिबाट खसेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।