पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनमा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

 

दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ । सुस्मिताको शरीरमा धेरै चोटपटक लागेको र अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।