तेह्रथुम । इन्टरनेट जडान गर्नेक्रममा करेन्ट लाग्दा तेह्रथुमको आठराई गाउँपालिकामा बुधबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठराई गाउँपालिका ४ इवाका २४ वर्षीय निलम इङनाम रहेको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए । उनका अनुसार इङनामको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
इन्टरनेट जडानका लागि विद्युतको पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल पाँचथर सदुरमुकाम फिदिम लगिएको छ ।