दमक । झापाको गौरादहमा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

 

गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरास्थित मावलमा दशैंको टीका लगाउन गएकी दमक वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो । भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको थियो ।

 

श्रुति नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी हुन् । सर्पले डसेपछि श्रुतिलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।