अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेका समाज उद्धार कल्याण संघको आठौँ अधिवेशनबाट पुनः धर्मानन्द गुरागाईंको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । आज भएको अधिवेशनले गुरागाईंको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।

 

संघको कार्यालय रहेको अर्जुनधारा खेल मैदानमा आयोजित कार्यक्रमबाट बरिष्ठ उपाध्यक्षमा दुर्गा न्यौपाने, उपाध्यक्षद्वयमा हरिभक्त बराल र राजन थापा, महासचिवमा पुनः मेदनीप्रसाद ढुंगेल निर्विरोध चयन भएका छन् । यस्तै, सचिवमा गंगा थापा र कोषाध्यक्षमा कोपिला भण्डारी पनि चयन भए ।

 

यसैगरी, विधानअनुरुप संस्थाले निर्माण गरेको ७ वटा ब्लकका संयोजक स्वतः पदेन सदस्य रहने व्यवस्था छ । जसअनुसार क्रमिकरुपले अम्बिका पोख्रेल, विना पोख्रेल, दिपक भट्टराई, राजेन्द्र निरौला, डम्बरबहादुर भण्डारी, खगेन्द्रप्रसाद अधिकारी र रामबहादुर बस्नेत सदस्यमा छन् ।

 

आजै भएको अधिवेशनबाट सर्वसम्त हुने सदस्यहरुमा देवका न्यौपाने, युवराज धिताल, गणेश भट्टराई, टिका पोख्रेल, सुरेश भट्टराई, सुरेश अधिकारी र अमृता चापागाईं रहेका छन् । यस्तै, लेखा समितिको संयोजकमा देवेन्द्र मैनाली र सदस्यमा भुपेन्द्र भट्टराई र तेजु बराल चुनिएका छन् ।

 

 

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा संघका अध्यक्ष गुरागाईले सांगठनिक र सचिव ढुंगेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा उपप्रमुख पराजुली, वडाध्यक्ष गोविन्द खतिवडा, पूर्व वडाध्यक्ष नविन ढुंगाना, सल्लाहकारहरु कमल गुरागाईं, भिमचन्द्र भट्टराईलगायतले शुभकामना दिएका थिए ।

 

सोही कार्यक्रममा आफ्ना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । संघका महासचिव ढुंगेलका अनुसार ७५ वर्ष पुगेका करिब ८० जना बृद्धबृद्धालाई नगदसहित सम्मान गरिएको हो । सामाजिक कार्यसहित गाउँघरमा मरिमराउ पर्दा सहयोग जुटाउने उद्देश्यले २०५५ सालमा स्थापित संस्थामा हाल ४५९ जना साधारण सदस्य रहेका छन् ।