झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेपाली सेनाको जीपसँग ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगरका युवा छन् । आइतबार बिहान नेपाली सेनाको जीपसँग उनको मोटरसाइकललाई ठोक्किएको हो।

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा भएको दुर्घटनामा मेची नगरपालिका १३ धाइजन बस्ने होमबहादुर खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै थिए।

 

दुर्घटनामा परेका खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय झिलझिलेले तीव्र गतिमा रहेको मोटरसाइकललाई चालकले नियन्त्रणमा लिन नसक्दा निर्वाचनका लागि खटिएको नेपाली सेनाको जीपसँग ठक्कर खाएको बताएको छ।

 

सेनाको जीप र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ।