काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ७ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर र बुद्धशान्तिका युवा छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर ७ का २४ वर्षीय मिनबहादुर उप्रेती, २४ वर्षीय अमृत सुन्दास, मेचीनगर ८ का २० वर्षीय सुसन राजबंशी र बुद्धशान्ति गाउँपालिका १ का ३२ वर्षीय अर्जुन तामाङ रहेका छन् ।

 

हिजो (शनिबार) बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।