सुरुंगा । झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन् ।
आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १-०१-०१३ प ४०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए । राउतको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।
घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्सुराम थापालाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।