पाँचथर। पाँचथरको फिदिम नगरपालिका १३ मा आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ वर्षीया सुकमति नेम्वाङ रहेकी छन् ।
फिदिम १३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जलेर मृत अवस्थामा फेला परेकी हुन् ।
शवलाई आवश्यक कानुनी प्रकृया पुरा गरी जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम गरिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।